गुल्मी — गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । मुसिकोट नगरपालिका-५ इन्द्रेगौंडामा चन्द्रकोट गाउँपालिका-८ का ७५ वर्षीय रामबहादुर कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको नेतृत्वमा ७ जनाको प्रहरी टोली खटिएको छ ।
शव आइतबार दिउँसो ३ बजे आसपासमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
