परासी — पश्चिम नवलपरासीको सुस्तास्थित गण्डक नहरमा डुबेर युवकको मृत्यु भएको छ ।
सुस्ता गाउँपालिका–२ मा रहेको नहरको फलामे पुल नजिक बर्दघाट नगरपालिका –१४ चौपत्ता बस्ने २३ वर्षका सुशान्त न्यौपानेको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी वीरदत्त पन्तका अनुसार आफ्नो दाजु भाइ मिलेर पौडी खेल्न गएको र दाइ सुशान्त न्यौपाने बेपत्ता भएका थिए । शुक्रबार बेपत्ता भएका न्यौपानेको शव शनिबार डुबेको स्थानभन्दा तीन किलो मिटर दक्षिणतर्फ भेटिएको हो ।
बिहीबार जिल्लाको सुस्तामै नारायणी नदीमा डुबेर एक बालकको मृत्यु भएको थियो ।
