राँगाले हानेर घाइते भएका वृद्धको मृत्यु

असार २२, २०८२

रामप्रसाद चौहान 

An elderly man died after being hit by a snake

बर्दिया — आफ्नै घरमा पालेको राँगाले हानेर घाइते भएका बाँसगढी नगरपालिका–७ हरैयाका ७४ वर्षीय अर्जुन थारुको मृत्यु भएको छ । आइतबार बिहान साढे ११ बजेतिर घाँस हाल्ने क्रममा राँगाले हानेर थारु घाइते भएका थिए । 

उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको थियो । उपचारको क्रममा थारुलाई आइतबार साँझ सवा ७ बजे चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुलरिया प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए । 

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully