नवलपरासी पश्चिममा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

असार २१, २०८२

नारायण शर्मा

Two people died when a bus hit a motorcycle in Nawalparasi West

नवलपरासी पश्चिम — नवलपरासी पश्चिममा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पाल्हीनन्दन गाउँपालिका-१ को झराही खोला जाने भित्री सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अघिकारी वीरदत्त पन्तले जानकारी दिए । उनका अनुसार दुर्घटनामा प्रतापपुर गाउँपालिका-४ पाचपेडका भोला राजभर र रामग्राम नगरपालिका-१५ डिगौल निवासी राहुल राजभरको मृत्यु भएको हो । शव जिल्ला अस्पताल परासीमा राखिएको छ ।

भुजहवाबाट महेशपुरतर्फ आउँदै गरेको लु ४७ प ४८७९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न क्रममा शनिबार दिउँसो २ बजेतिर सोही दिशामा गुडिरहेको लु २ ख ६५४ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि सवार दुवै जनाको मृत्यु भएको सूचना अधिकारी पन्तले बताए । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully