दाङ — दाङको तुलसीपुरमा बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्।
१५ बर्षीया बालिकालाई ललाईफकाई तथा धाकधम्की दिई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१४ का ३८ वर्षीय चन्द्र मगर पक्राउ परेका हुन् ।
मगरले बालिकालाई शुक्रबार आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि तत्काल पक्राउ गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।
