यात्रुवाहक र साना सवारीले प्रयोग गर्दै आएको वैकल्पिक सडक पनि अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्
काठमाडौँ — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको छ । मालवाहक सवारीका लागि निर्माण गरिएको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।
यात्रुवाहक र साना सवारीले प्रयोग गर्दै आएको वैकल्पिक सडक पनि अवरुद्ध भएपछि यात्रुले सास्ती भोगिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार आज बिहान परेको वर्षाका कारण बाढी आउँदा सडक अवरुद्ध भएको हो । वैकल्पिक मार्गको सर्दीमा खरङ्गे खोलामा पानीको सतह बढेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
बुटवल-नारायणगढ सडक विस्तार क्रममा दाउन्नेमा काम भइरहेकाले सामान्य वर्षामा पनि सडक चिप्लो हुँदा यातायात अवरुद्ध हुँदै आएको छ । विनयी खोलाको पुल भासिएर डाइभर्सन बनाए पनि पटकपटक डाइभर्सन बगाउँदा यो खण्डको यात्रा कष्टकर छ ।
