घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु 

असार १३, २०८२

सन्तोष महतारा

Woman dies after falling while cutting grass

गुल्मी — गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका-६ घ्युपानीकी अन्दाजी ३० वर्षीया लक्ष्मी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

उनका अनुसार थापा बिहीबार दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक बनमा घाँस काट्न गएकोमा साँझसम्म पनि घर नफर्किएकोले घरपरिवार र छरछिमेकीले खोजी गर्दा सोही वनको किराचौर भीरबाट अन्दाजी १५/२० मिटर तल मृत अवस्थामा फेला परेकी थिइन् ।

मृतक लक्ष्मीका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा छन् । उनका दुई छोरा छन् । घटनासम्बन्धी माइती पक्षलाई खबर भएको र पोस्टमार्टमका लागि अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

सन्तोष महतारा

Link copied successfully