माविस्तरीय गणित तथा विज्ञान शैक्षिक प्रदर्शनी सम्पन्न

असार १२, २०८२

मनोज पौडेल

Maths and Science Educational Exhibition completed

कपिलवस्तु — विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने माविस्तरीय गणित तथा विज्ञान शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा कपिलवस्तु सूचना केन्द्रद्वारा बिहीबार आयोजित प्रदर्शनीमा नगर क्षेत्रका ९ माविका विद्यार्थी सहभागी थिए ।

प्रदर्शनीमा तिलौराकोट मावि प्रथम, सनसाइन इंग्लिस बोर्डिङ आवासीय मावि द्वितीय र यशोधरा मावि तृतीय भएका छन् । त्यस्तै कनकमुनि मावि र तौलेश्वरनाथ माविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । सान्त्वना पुरस्कार पाउनेले जनही ३ हजार प्राप्त गरेका छन् । परस्कृत विद्यालयलाई नगर प्रमुख सुदीप पौडेलले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका हुन् ।

मनोज पौडेल

Link copied successfully