रोल्पा — रोल्पाको थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृगौला र कलेजोको रोगका कारण सोमबार निधन भएको छ ।
गाउँपालिकाका अनुसार लामो समय देखि उपचार गर्दै आएका वडा अध्यक्ष घर्तीको मृत्यु बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजमा सोमबार दिउँसो उपचारका क्रममा भएको हो । ५
२ वर्षका उनी माओवादीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी थवाङको उवा निवासी हुन् । उनको मृत्युले गाउँपालिकालाई ठूलो क्षति पुगेको पालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले बताए । उवामा मंगलबार मगर संस्कार अनुसार उनको दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।
