तिलोत्तमा — नेपाल विद्युत् प्राधिकरणको बुटवलस्थित योगीकुटी सबस्टेसनमा आगलागी भएको छ ।
मंगलबार राती ८ बजेर ५५ मिनेटमा विद्युत् सट हुँदा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र रानाले बताए ।
आगलागीपछि योगीकुटी ग्रिडअन्तर्गतका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । आगलागी भने बुटवल र तिलोत्तमाको दमकलको सहायतामा पूर्णरुपमा नियन्त्रणमा आएको रानाले जानकारी दिए ।
प्रहरीका अनुसार ग्रीडमा भएको क्षतिको विवरण आइसकेको छैन ।
