तिलोत्तमा — रुपन्देहीको मर्चवारमा सोमबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मर्चवारी गाउँपालिका–३ महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
साउदका अनुसार सोमबार बिहान करिब सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइँ गर्न गएकी यादवलाई बिहान करिब ६:३० बजे चट्याङ लागेको थियो । चट्याङ लागेपछि बेहोस भएकी उनलाई भैरहवास्थित भीम अस्पताल पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको साउदले बताए ।
