बर्दिया — लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट प्रहरीले बाँके बैजनाथ गाउँपालिका–७ का २० वर्षीय गंगासागर थारु र वडा नम्बर–५ का २६ वर्षीय दिपेन्द्रकुमार थारुलाई लागुऔषधसहित प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।
सिमावर्ती भारतीय बलैई गाउँ बजारबाट नेपालतर्फ दुवै जना हिँडिरहेकोमा शंका लागेर नियन्त्रणमा लिई जाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । कालो रङको प्लास्टिकमा राखेको ३ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरौ रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिइ आइतबार अदालतबाट ५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।
