पहिरोले कालीगण्डकी करिडोरको गुल्मी खण्ड अवरुद्ध 

असार ६, २०८२

सन्तोष महतारा

Gulmi section of Kaligandaki Corridor blocked by landslides

गुल्मी — पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्ड अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका-१ गरगरेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट पहिरो खस्दा सवारीसाधन आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

शुक्रबार बिहान १० बजे आसपासमन गरगरेमा पहिरो खसेको थियो । पहिरोले सडक अवरुद्ध हुँदा स्थानीय छोटो दूरीमा चल्ने सवारीसाधन, सदरमुकाम तम्घास, बाग्लुङ, पर्वत, बुटवल र पोखरालगायतमन स्थनमा चल्ने सवारीसाधन आवतजावतमा समस्या भइरहेको छ ।

सन्तोष महतारा

Link copied successfully