मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

असार ६, २०८२

रामप्रसाद चौहान 

A woman died in a motorcycle accident

बर्दिया — मोटरसाइकलले ठक्कर दिँदा बढैयाताल गाउँपालिका–८ की ५८ वर्षीया दिलमाया आचार्यको मृत्यु भएको छ ।

बर्दियाको बढैयाताल–८ तिलकाना स्थित भित्री सडक कण्ठपुरबाट पचासातर्फ जाँदै गरेको वडा नं.७ राजापुरका २८ वर्षीय अंगत थारुले चलाएको भे १२ प ४९२ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । बिहीबार राति ८ बजेर ५० मिनेटमा उक्त घटना भएको हो । सो समयमा आचार्य घरअगाडि बाटोमा उभिएकी थिइन् ।

ठक्कर दिँदा उनको टाउको, छाती र बायाँ खुट्टामा चोट लागेको थियो । घाइते महिलालाई उपचारका लागि बाँके पठाइएको थियो । नेपालगन्जस्थित न्युरो अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान सवा २ बजे चिकित्सकले महिलालाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक राजेशकुमार तेलीले जानकारी दिए ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully