काठमाडौँबर्दिया — सवारी ज्यान सम्बन्धी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत, बर्दियाको ०८१ मंसिर १८ गतेको फैसलाले सवारी जयान मुद्दाको कसुरमा ६ महिना कैद र २ हजार जरिवाना सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्र डमरपालले पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका–८ का २९ वर्षीय विनोदकुमार चौधरी रहेको बताए ।
गुलरिया–५ तुलापुर चोकस्थित लुकीछिपी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा दाखिला गरिएको उनले जनाए ।
