गुल्मी — कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको बर्लबा सडकखण्ड एकतर्फी संचालनमा आएको छ । सोमबार मध्याह्नदेखि पहिरोका कारण अवरुद्घ सडक मंगलबार साँझ एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
कालीगण्डकी करिडोर अन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका-६ बर्लबामा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । सोमबार दिनभर पहिरो खसिरहेका कारण प्रयास गरिए पनि सडक खुलाउन सकिएको थिएन ।
सडक दुईतर्फी संचालन हुन अझै समय लाग्ने प्रहरीले जनाएको छ । ठूलो चट्टानसहित खसेको सुख्खा पहिरोका सडक सुचारुमा समस्या भएको थियो ।
सडक अवरूद्ध हुँदा सवारीसाधन वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका थिए । प्रयोग गर्न आग्रह गरिएको छ । कालीगण्डकी क्षेत्रबाट पर्वत, बाग्लुङ र पोखरासम्म आवतजावत गर्न समस्या भइरहेको थियो ।
