बारबर्दियाबाट अवैध काठ बरामद

असार १, २०८२

कमल पन्थी

Illegal timber recovered from Barbardia

बर्दिया — बारबर्दिया नगरपालिका–९ ग्यांग नदीस्थित लु प्र ०३–००१त०१०९ नम्बरको टयाक्टरबाट अवैधरुपमा लैजाँदै गरेको साल जातका १० वटा कडीसहित एक जनालाई पक्राउ गरेको छ ।

बालुवा लोड गरेको उक्त टयाक्टर लैजाँदा शंका लागि प्रहरीले जाँच गर्दा त्रिपालले लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवम् डिएसपी चक्र डमरपालले ट्र्याक्टर चालक सोही पालिका–८ दुद्धाका २५ वर्षीय चालक सागर चौधरीलाई नियन्त्रणमा लिएको जनाए । पक्राउ परेका चौधरी,काठ र ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि रम्मापुरस्थित सेक्टर निकुञ्जको कार्यालयमा पठाएको उनले जनाए । ६ दशमलव ५ क्युफिट काठको मूल्य २५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully