बर्दियामा कुटपिटबाट एक जनाको मृत्यु

जेष्ठ ३१, २०८२

रामप्रसाद चौहान 

One person died due to beating in Bardia

काठमाडौँ — बर्दियामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–१ पत्थरबोझीका ५५ वर्षीय ढुक्कुर राउतको मृत्यु भएको हो।

गत आइतबार बिहान ११ बजे गुलरिया नगरपालिका–७ का ३५ वर्षीय कृष्णरामजी यादवले राउतको टाउकोमा लट्ठी प्रहार गरी घाइते बनाएका थिए। राउतको खेतको अन्नबाली यादवको भैँसीले नोक्सान गरेपछि विवाद हुँदा यादवले लट्ठी प्रहार गरेका थिए।

टाउकोमा चोट लागी घाइते भएका राउतलाई उपचारका लागि बाँकेस्थित नर्सिङ होममा पठाइएको थियो। उपचारको क्रममा बिहीबार दिउँसो साढे ३ बजे चिकित्सकले राउतलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।

लट्ठी प्रहार गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक डाँगीले बताए।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully