गर्मी बढेपछि वाणगंगा र बुद्धभूमिमा ४ दिन विद्यालय बिदा

जेष्ठ २७, २०८२

मनोज पौडेल

4 days school holidays in Wanganga and Buddhabhoomi after summer

कपिलवस्तु — अत्यधिक गर्मीले जनजीवन कष्टकर हुँदै गएपछि वाणगंगा र बुद्धभूमि नगरपालिकाले ४ दिन बिद्यालयमा बिदा दिएका छन् । बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्य तथा पठनपाठनमा प्रतिकूल असर गरिरहेकाले दुवै नगरपालिकाले आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै शैक्षिक संस्थालाई चार दिनका लागि बिदा दिने निर्णय गरेको छ ।

जेठ २७ मंगलवार देखि ३० गते शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । वाणगंगा नगरपालिका शिक्षा समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अहिले दिइएको बिदा बर्खेबिदाबाट कट्टा हुने गरी दिइएको वाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिमबहादुर जिसीले बताए । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully