राेहिणीका किसानलाई बोयर बोका वितरण

जेष्ठ २६, २०८२

सन्जु पौडेल

Distribution of Boer goats to the farmers of Rehini

तिलोत्तमा — रुपन्देहीको रोहिणी गाउँपालिकाका किसानलाई बोयर बोका वितरण गरिएको छ । बाख्राको नश्ल सुधारका लागि बोका वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख विनोद कुमार ठाकुरले बताए ।

६ वटा बाख्रापालन समूहलाई २ वटाका दरले १२ वटा बोयर बोका वितरण गरिएको ठाकुरले जानकारी दिए । प्रतिबोका ५० हजार रुपैयाँ  परेको शाखाले जनाएको छ । शाखाका अनुसार ६ लाखमा १२ वटा बोका खरिद गरिएको हो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले आगामी दिनमा पनि कृषकको माग अनुसार बोयर बोका वितरण गरी सहयोग गरिने बताए । उनले किसानको संख्या अधिकतम रहेको पालिका भएकाले कृषि  क्षेत्रमा लगानीसमेत अन्य क्षेत्रमा भन्दा धेरै गरेर काम गरिरहेको बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully