११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

जेष्ठ २६, २०८२

कमल पन्थी

An old man was arrested for raping an 11-year-old girl

बर्दिया — ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६६ वर्षीय ज्येष्ठ नागरिक पक्राउ परेका छन्। बर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीका जमिल अहम्मद जागालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

सोही पालिका– १० बनखेतवा नालामा बाख्रा चराउन गएको समय आर्थिक प्रलोभन देखाई जबरजस्ती करणी गरेको पीडितको आरोप छ। पीडितकी आमाले सोमबारबार प्रहरीलाई उजुरी दिएपछि जागा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायव उपरीक्षक चक्र डमर पालले बताए ।

पक्राउ परेका जागालाई इलाका प्रहरी कार्यालय, मैनापोखरले नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी पालले जनाए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully