करेन्ट लागेर बर्दियामा दुई जनाको मृत्यु

जेष्ठ २५, २०८२

रामप्रसाद चौहान 

Two people died due to electrocution in Bardia

बर्दिया — करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजंग शाहको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । त्यसैगरी गुलरिया नगरपालिका–१२ भैसाहीका २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।

घरनजिकै रहेको आफ्नै खेतमा मोटरद्वारा धानको बीउमा पानी सिँचाइ गर्ने क्रममा शाहलाई आइतबार बिहान सवा ७ बजेतिर अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका शाहलाई उपचारका लागि तत्काल मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले ८ बजे शाहलाई मृत घोषणा गरेका थिए ।

बढैयाताल गाउँपालिका-९ कान्तिपुरस्थित भीमबहादुर दर्जीको घर बनाउने क्रममा शनिबार पौने ४ बजे थारुलाई करेन्ट लागेको थियो । रड सिधा गर्ने क्रममा बिजुलीको तारमा छुँदा करेन्ट लागेर थारु घाइते भएका थिए । घाइते थारुलाई उपचारका लागि बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully