नेपालगञ्ज — बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बाँकेको कोहलपुर नगरपालिका-६ रझेना निवासी ३६ वर्षीय सरोज मरासैनीको मृत्यु भएको हो ।
मरासैनीको बुधवार राति ११ बजे नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
राति साढे १० बजे दुर्घटनामा परेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो ।
उनी नेपालगन्जबाट कोहलपुर आउनेक्रममा कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुरमा आफैँले चलाएको भे ९ प ८१५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटनामा परेका थिए ।
