साल जातको चिरान काठ बरामद

जेष्ठ २२, २०८२

रामप्रसाद चौहान 

Chiran wood of sal variety recovered

बर्दिया — साल जातको अवैध चिरान काठ प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–३ मनकामना टोलस्थित राखिएको चिरान काठ प्रहरीले बिहीबार दिउँसो बरामद गरेको हो । 

टाँचा नलगाएको चिरान काठ ८१ दशमलव १५ क्यूफिट बजार अन्दाजी मूल्य ३ लाख ६५ हजार १ सय ७५रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ । उक्त काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully