बर्दिया — कर्तव्य ज्यानमुद्दाका फरार व्यक्तिलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–९ जुक्तिनगरका ३६ वर्षीय जगतराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी मैनापोखरका इन्जार्च प्रहरी निरीक्षक राजेशकुमार तेलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गेरुवा गाउँपालिका–५ पशुपतिनगर स्थितबाट थारुलाई पक्राउ गरेको हो ।
बढैयाताल–९ का २७ वर्षिय तिल्कु थारुलाई कुटपिट गरी सख्त घाइते बनाई जगतराम फरार भएका थिए । बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा २०६७ फागुन ४ गते तिल्कुको मृत्यु भएको थियो ।
पशुपतिनगरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएका जगतरामलाई अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।
