कपिलवस्तु — कपिलवस्तु नगरपालिकाभित्र रहेका दुई वटा पेट्रोल पम्पका ५ वटा मेसिन सिल गरिएको छ । कम परिमाणमा डिजल र पेट्रोल बिक्री वितरण गरिरहेको पाइएपछि उमा ट्रेडिङ कम्पनीका ३ वटा मेसिन र ओझा पेट्रोलका दुई वटा मेसिनमा सिल गरिएको छ ।
सहायक प्रजिअ पदम लामिछानेको नेतृत्वमा गुणस्तर तथा नाप तौल कार्यालय बुटवलका प्राविधिक टोलीले नापजाँच गर्दा तोकिएभन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ बेचबिखन गरिएको पाइएको थियो ।
दुवै पेट्रोल पम्पलाई नापतौल ऐन-२०२५ अनुसार कारबाही गरिनेछ । पेट्रोल पम्प सञ्चालकलाई ३ दि भित्र गुणस्तर तथा नाप तौल कार्यालय बुटवलमा हाजिर हुन निर्देशन गरिएको कार्यालय निरीक्षक निराजन पुडासैनीले बताए ।
मंगलबार तौलिहवाका ४ पेट्रोल पम्प्पको निरीक्षण अनुगमन गरिएको थियो । उपभोक्ताको गुनासो बढेपछि पेट्रोल पम्प अनुगमन गरिएको हो ।
