बर्दिया — अवैध रुपमा लैजाँदै गरेको सिसम जातको गोलिया काठ प्रहरीले बरामद गरेको छ । बाँसगढी नगरपालिका–७ देउडाकला स्थितबाट ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा सिसम जातको गोलिया काठ प्रहरीले बरामद गरेको हो । उक्त काठको आवश्यक कागजात नरहेकोले प्रहरीले बरामद गरेको छ ।
बाँसगढी नगरपालिका–७ मोतिपुरका २१ वर्षीय प्रितमकुमार थारुले चलाएको भे १ त ७७३० नम्बरको ट्याक्टरमा लोड गरिएको सिसम जातको ९ गोलिया काठ ८६ दशमलव ८३ क्युफिटको मूल्य ५४ हजार ३ सय बराबर रहेको प्रहरीको दाबी छ ।
ट्याक्टर,काठसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय बाँसगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।
