हावाहुरीले चार सय बढी कुखुरा मरे

जेष्ठ १७, २०८२

कमल पन्थी

More than 400 chickens died due to the storm

बर्दिया — शुक्रबार बेलुकी आएको हावाहुरीले गुलरिया नगरपालिका–११ स्थित कुखुरा फर्मको छाना उडाएपछि ४ सय बढी बोइलर कुखुरा मरेका छन् । 

हावाहुरीले मुन्सि त्लीको खरले छाएको छाना उडाएर च्यापिन गई कुखुरा मरेको प्रहरीले जनाएको छ ।

फर्मभित्र रहेका ४ सय २० वटा कुखुरा छानाले च्यापिएर मरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक चक्र डमर पालले बताए ।

हावाहुरीले छत खसेर ५ लाख ७३ हजार बढीको कुखुरा र फर्मको भौतिक संरचनामा क्षति पुगेको उनले बताए ।

यस्तै हावाहुरीसँगै आएको वर्षातले गुलरिया नगरपालिका र बढैयातालका केही कच्ची घरलाई क्षति पुर्‍याएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully