क्यूआर कोडमार्फत् भुक्तानी गर्छु भन्दै ठगी गर्ने पक्राउ

जेष्ठ १७, २०८२

वीरेन्द्र केसी

Fraudster arrested by claiming to pay through QR code

अर्घाखाँची — क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्छु भनी सामान किनेर फरार भएका मालारानी गाउँपालिका-४ खनका २७ बर्षीय शुभास पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । उनले सन्धिखर्कमा व्यापारीबाट सामान लिएर फरार भएका थिए।

 घिमिरे किराना पसलबाट ३७ हजार ७ सय रूपैयाँको सामान लिएर लामो समयसम्म सम्पर्कमा नआएपछि सञ्चालक वेदराज घिमिरेले प्रहरीलाई उजुरी गरेका थिए ।

प्रहरीले खोजतलास गर्दा मालारानी गाउँपालिका-४ लुटिपोखरीबाट ठगी गरेको सामान सहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

प्रहरीले उनको साथबाट १० थान भरिएको सिलिन्डर, ८ बोरा चिनी, ९ पेटी खाने तेललगायतका सामग्री बरामद गरिएको उनले बताए । उनीमाथि ठगी कशुरमा अनुसन्धान भइरहेको उनले बताए। 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully