दाङमा अटो दुर्घटना : ५ जना घाइते

जेष्ठ १५, २०८२

दुर्गालाल केसी

Auto accident in Dang: 5 injured

दाङ — तुलसीपुर उपमहानगरपालिका–८, भम्के खोलानजिक बिहीबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्।बालपुरबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ह ३७९३ नम्बरको अटोलाई विपरीत दिशाबाट आइरहेको घोडाले झुक्याउँदा सोही दिशाबाट आउँदै गरेको लु.प्र.०२–००१ ह ०५४० नम्बरको अर्को अटोमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न दुवै अटोलाई प्रहरी चौकी बेलुवाको नियन्त्रणमा राखिएको प्रहरीले जानकारी दिएको छ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully