चोरी कसुरमा फरार रहेका दुई जना पक्राउ

जेष्ठ १३, २०८२

रामप्रसाद चौहान 

Two absconding accused of theft arrested

बर्दिया — चोरीसम्बन्धी कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लुकिछिपी बसेको अवस्थामा दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ का २७ वर्षीय केशबहादुर शाही र मधुवन नगरपालिका–८ गाउँ नम्बर ५ का २२ वर्षीय भूपेन्द्र क्षेत्री रहेका छन् । 

जिल्ला अदालतले शाहीलाई २०८१ मंसिर ५ गते चोरीसम्बन्धी मुद्दामा २० दिन कैद, ३ हजार रुपैयाँ जरिवाना र २ सय रुपैयाँ राहत कोषमा जम्मा हुने गरी सजाय फैसला गरेको थियो भने २०८१ वैशाख १६ गते चोरी मुद्दामा अदालतले क्षेत्रीलाई १० दिन कैद, २ हजार जरिवाना र २ सय रुपैयाँ राहत कोषमा जम्मा हुने गरी सजाय फैसला गरेको थियो । 

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अदालतमा दाखिला गरको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully