रोहिणी पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा

जेष्ठ १२, २०८२

सन्जु पौडेल

Rohini Full Vaccination Assurance Goopana Rural Municipality Declaration

तिलोत्तमा — रूपन्देहीको रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष विद्याप्रसाद यादवले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका लागि अहारोत्र खटिएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए । उनले भने, ‘तपाईंहरू सबै लागेर रोहिणी गाउँपालिकाले यो सफलता प्राप्त गरेको हो ।’

रोहिणीका अध्यक्ष यादवले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउने विषयमा आफूहरू गम्भीर रहेको पनि बताए । गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले यस कामका लागि स्वास्थ्यकर्मीलाई जति धन्यवाद दिए पनि कम हुने बताइन् ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully