२० हजार रुपैयाँ घुससहित मालपोतका खरिदार पक्राउ

जेष्ठ १०, २०८२

रुपा गहतराज

The buyer of the goods was arrested with a bribe of 20,000 rupees

नेपालगञ्ज — मालपोत कार्यालय कोहलपुरका खरिदार हरिचन्द्र पाण्डे २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार खरिदार पाण्डेलाई नगद सहित नियन्त्रणमा लिएको हो।

अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत पाण्डेलाई कागजात नपुगेको र सोही कामको लागि तिवारी रेष्टुरेण्टमा लेनदेन भइरहेको सूचना आधारमा छापा मारी रंगेहात पक्राउ गरेको हो। 

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully