दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

जेष्ठ १०, २०८२

नारायण शर्मा

One-way traffic operation at Downne

नवलपरासी — पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेस्थित खुर्सानी खोलामा गएराति सडक भासिएर अवरुद्ध रहेको राजमार्ग अहिले केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटका ट्राफिक प्रहरीका सई तिर्थ भुसालका अनुसार सडक भासिएको स्थानमा वैकल्पिक अस्थायी सडक निर्माण गरेर सडक सञ्चालन गरिएको हो । 

बिहान पौने १० बजदेखि यातायात आवागमन सुरु भएको छ । त्यहाँ गएराति ११ बजे खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियो ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully