पश्चिम नवलपरासी 'पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला' घोषणा 

जेष्ठ ९, २०८२

नवीन पौडेल

West Nawalparasi declared 'Complete Immunization Assurance Sustainability District'

परासी — पश्चिम नवलपरासी लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा भएको छ ।

जिल्ला सदरमुकाम रामग्राम नगरपालिकामा आयोजत कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

जिल्लामा खोप लगाइरहेका १५ महिनामुनिका बालबालिका ६ हजार ४ सय ५७ जना र पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका बालबालिका १८ हजार ४ सय ५९ जना रहेको स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले बताए ।

जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बालबालिकाप्रति गरेको लगानी भविष्यका लागि सुनौलो काम हुने भन्दै स्वास्थ्य र शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका थिए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully