रामग्राममा २ सय ५० जना लाई छात्रवृत्ति 

जेष्ठ ७, २०८२

नवीन पौडेल

Scholarship to 250 people in Ramgram

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले  निजी विद्यालयमा अध्ययन गर्ने   २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्तिको सुनिश्चितता गरेको छ । नगरभित्र रहेका निजी तथा संस्थागत विद्यालयको सहकार्यमा मेयर छात्रवृत्ति कार्यक्रम लागू गरेको हो। 

सामाजिक उत्तरदायित्व बहनअन्तर्गत  रामग्राम नगरपालिकाको अनुरोध अनुसार नगरभित्रका २४ वटा संस्थागत विद्यालयमा  छात्रवृत्ति कार्यक्रम लागू गरिएको नगर प्रमुख धनपत यादवले बताए । मापदण्डअनुसार गरिब विपन्न, जेहेन्दार, सीमान्त समुदाय, सहिद परिवारका बालबालिकाले कक्षा ४ देखि ११ सम्म पूर्ण रूपमा नि:शुल्क अध्ययन गर्न  पाउनेछन्।

प्याब्सन रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरले सुरु गरेको शैक्षिक सुधारको अभियानमा संस्थागत विद्यालयको उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारलाई सहयोग गरेको बताए । सात जनाको समितिले छात्रवृत्ति पाउने विद्यार्थी र कार्यविधि तयार गर्ने छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully