नेपालगन्ज — लागूऔषध नियन्त्रणमा क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले एक क्विन्टलभन्दा बढी लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार डुडुवा–४ मा छापा मार्दा तीन जना फक्राउ परेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका–१४ बस्ने १८ वर्षीय विनय सोनी, वडा नम्बर २२ बस्ने १८ वर्षीय आदर्श साहनी र वडा नम्बर ६ फुलटेक्रा बस्ने २२ वर्षीय दिपेश चौरसिया पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध कारोबारमा संलग्न तीन जना युवालाई एक क्विन्टल ११ किलो लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको हो ।
