धर्मशालाबाट लागूऔषधसहित एक व्यक्ति पक्राउ

जेष्ठ ६, २०८२

नवीन पौडेल

A person was arrested with drugs from Dharamsala

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-९ स्थित कर्मैनी धर्मशालाबाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छ्न् ।

लागूऔषधको कारोबार हुँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा लागूऔषधसहित रामग्राम–९  का ४८ वर्षीय सुरेन्द्रप्रसाद हरिजन पक्राउ परेका हुन् । 

पक्राउ परेका हरिजनको साथबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने ५० पुरिया फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीर दत्त पन्तले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully