लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

जेष्ठ ५, २०८२

दुर्गालाल केसी

Lumbini state government bringing policies and programs today

दाङ — लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमबार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारलगायत नवप्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो ।

सरकारले अघि बढाएका तर सम्पन्न हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्ने, योजनाहरूलाई अनिवार्य जनताको जीवनस्तर सुधार्न जोड्ने, स्थानीय उत्पादन वृद्धि गर्ने, अर्ग्यानिक खेती प्रणालीको विकास गर्ने लगायतका विषयहरूलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याउन थालिएको प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully