लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक आज बस्दै, यस्तो छ कार्यसूची 

जेष्ठ २, २०८२

दुर्गालाल केसी

The third meeting of the Lumbini State Assembly is sitting today, this is the agenda

दाङ — लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूचीमा तीन महत्त्वपूर्ण एजेन्डा समावेश छन् ।

पहिलो एजेन्डा अन्तर्गत प्रदेश सभा सदस्यहरूले शून्य समयमा आफ्ना धारणा राख्नेछन् । दोस्रोमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् । साथै छलफलमा उठेका प्रश्नहरूको जवाफसमेत मन्त्री कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको छ ।

यस्तै, मन्त्री कार्कीले प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची–२ मा भएको व्यवस्था हेरेफेर गरिएको सम्बन्धी विवरण सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव पुनले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully