लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि 

वैशाख ३१, २०८२

दुर्गालाल केसी

Sixth Session of Lumbini State Assembly from today

दाङ — लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक बस्न लागेको हो ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेशसभाको छैटौं  अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो ।

पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने, शुभकामना अदानप्रदान गर्ने र प्रदेश सभा सदस्यहरुले सम्वोधन गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गर्ने तयारी गरेको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully