तिनाउ खोलामा डुबेर मृत्यु

वैशाख ३०, २०८२

माधव अर्याल

Death by drowning in Tinau river

पाल्पा — तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । रुपन्देहीको बुटवलदेखि तिनाउ गाउँपालिका–३, कदमबासमा पौडी खेल्न आएका १७ वर्षीय अभिषेक श्रेष्ठको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । श्रेष्ठको साथमा अर्का एक जनासमेत थिए । 

पौडी खेल्ने क्रममा सोमबार डुबेर बेपत्ता भएका श्रेष्ठको मंगलबार मात्र शव भेटिएको स्थानीय बासिन्दा तथा वडा सदस्य टंक बस्यालले जानकारी दिए । मृतक श्रेष्ठ बुटवल उपमहानगरपालिका–४,का हुन् । 

घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाल्पा र दोभान प्रहरी चौकीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully