दाङ — तुलसीपुर उपमहानगरपालिका-४ हलवारमा १६ वर्षीय किशोरले ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् । किशोरको घरमा खेल्न गएको अवस्थामा शनिबार बालिकालाई चाउचाउ खान दिन्छु भनी फकाएर कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा आरोपित किशोरलाई सोमबार घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनलाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।
