दाङ — तुलसीपुर उपमहानगरपालिका–१७ बगौसी निवासी ७० वर्षीया टीका श्रीसको आइतबार आफ्नै घरको भर्याङबाट लडेर मृत्यु भएको छ । आफ्नै घरको भर्याङबाट चिप्लिएर लड्दा उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो ।
तत्कालै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
