पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

वैशाख २८, २०८२

सन्तोष महतारा

Teen dies after drowning while swimming

गुल्मी — गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-६ का यमप्रसाद शर्माका छोरा १७ वर्षीय गृष्म शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार दिउॅसो ३ जना साथीहरू मिलेर स्थानीय मुसिकोट नगरपालिका-४ मा पर्ने छल्दी खोलामा पौडी खेल्न गएका थिए । जस क्रममा गृष्म बेपत्ता भएका थिए । त्यसपछि प्रहरीलाई खबर आएको र जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीटक्सारबाट प्रहरी खटिएको थियो । बेपत्ता शर्मालाई खोज्ने क्रममा उनी मृत अवस्थामा फेला परेका हुन् ।

शर्मा पौडी खेल्ने क्रममा आइतबार दिउॅसो ४ बजे बेपत्ता भएका थिए । उनी साढे ५ बजे मृत फेला परेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भूपेन्द्र थापाको नेतृत्वमा ७ जनाको टोली खटिएको थियो । शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइॅदैछ ।

सन्तोष

Link copied successfully