नवलपरासी — जिल्ला अदालत परासीमा कार्यारत एक जना कम्प्युटर अपरेटर २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
परासी जिल्ला अदालतका कम्यूटर अपरेटर राम लखन बनियाँलाई दुई लाख घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ ।
उनले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिएको आरोप छ । बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हीनन्दनको बेलासपुर चोकबाट पक्राउ गरेको हो ।
