रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

A school bus caught fire in Rupandehi

तिलोत्तमा — रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमा आगलागी भएको छ। बिहीबार बिहान विद्यार्थी लिएर स्कुल अगाडि आइपुग्न लाग्दा जिल्लाको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर सेकेन्डरी स्कुलको बसमा आगो लागेको हो।

बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेर धुवाँ आउन थालेपछि चालकले भेउ पाएको विद्यालयकी प्रधानाध्यापक दिलकुमारी फौदारले बताइन्। उनका अनुसार आगलागी हुँदा बसमा करिब ४५ जना विद्यार्थी थिए। बसमा रहेका विद्यार्थी, चालक र सहचालकलाई सकुशल उद्धार गर्न सकिएको जानकारी दिइन्।

आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस पूर्णरूपमा क्षति भएको जनाइन्।

कान्तिपुर

Link copied successfully