जसपा रुपन्देहीको अध्यक्षमा यादव निर्वाचित

वैशाख २१, २०८२

घनश्याम गौतम

Yadav was elected as the president of Jaspa Rupandehi

बुटवल — जनता समाजवादी पार्टी (जसपा) नेपाल रूपन्देहीको जिल्ला अध्यक्षमा पुनः सियाराम यादव निर्वाचित भएका छन् ।

जसपा नेपालको प्रथम एकता भेलाबाट पुन यादवको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो । 

समितिको उपाध्यक्षमा कलामुद्दीन खाँ, गोविन्द कोहार, सचिवमा विष्णुप्रसाद अधिकारी, उपसचिवमा जयशंकर पाठक, सुनिता खडलुक र कोषाध्यक्षमा चन्द्रभान तिवारी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा रामवेलास यादव, जितेराज भर, बाबुराम पाल, सन्तप्रसाद बरई, गुरुदेव गौड, विनय यादव, राजेश यादव, सुरेन्द्र धवल, कान्छा कोहार, दिपेन्द्र यादव, महेन्द्र केवट, मीनाकुमारी गिरी वि.क., प्रेमबहादुर उप्रेती, शंकरकिशोर विश्वकर्मा, मोहम्मद मुसलमान, कृष्णकुमार क्षेत्री, मोहम्मद खलिल, रामकुमार पासवान, जोगिन्दर यादव, जगजीवन यादव, जंगबहादुर यादव र गणेश केवट रहेको जसपा नेपालका सचिव विष्णुप्रसाद अधिकारीले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully