बर्दियामा दुर्घटना : एक जनाको मृत्यु

वैशाख २१, २०८२

रामप्रसाद चौहान 

Accident in Bardia: One person died

बर्दिया — दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ का ४० वर्षीय रंङगीलाल थारुको आइतबार बिहान मृत्यु भएको हो ।

गुलरिया नगरपालिका–१ स्थित गुलरिया राजापुर सडक खण्डमा थारुलाई शनिबार राति ८ बजेमोटरसाइकलले ठक्कर दिएर घाइइते बनाएको स्थानीयले जनाएका छन् । घाइते थारुको स्थानीय मेडिकलमा राति सामान्य उपचारपछि घर फर्किएका थिए । 

घाइते थारुलाई आइतबार बिहान गाह्रो भएपछि प्रहरीले उपचारका लागि बर्दिया अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले बताए । ‘उपचारका क्रममा बिहान ७ बजे चिकित्सकले थारुलाई मृत घोषणा गरेका थिए,’उनले भने,‘ठक्कर दिएको मोटरसाइकलको खोजी कार्य भइरहेको छ ।’

थारुलाई ठक्कर दिएर भागेको मोटरसाइकल अझै पत्ता लागेको छैन । आइतबार दिउँसो मृतकका आफन्तले सडकमा शव राखेर ठक्कर दिएको मोटरसाइकलको खोजी र पीडितलाई न्यायको माग गर्दै प्रर्दशन गरेका थिए ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully