नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बैजापुर बाँकेका अनुसार साथीसँग शुक्रबार दिउँसो करिब १२ बजे राप्तीमा पौडी खेल्न गएका राप्तीसोनारी–३ बैंसा निवासी १३ वर्षको सफर विकको डुबेर मृत्यु भएको हो ।
प्रहरी प्रमुख बलबहादुर घर्तीमगरले करिब १२ बजे सफर विक राप्तीमा डुबेको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको जनाउँदै प्रहरी र स्थानीयले विकलाई खोजतलास गर्दा दिउँसो १ बजे शव फेला पारेको बताए ।
